पिएन क्याम्पसमा १६ वर्षपछि स्ववियु निर्वाचन, मतदान जारी
पाेखरा | चैत १०, २०८१
पोखरा: पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते निर्वाचनको मिति तोकेपनि निर्वाचन अधिकृतबाट मतपत्रमा त्रुटि हुँदा मतदान हुन सकेको थिएन ।
चैत ६ गते बसेको सर्वपक्षीय बैठकले चैत १० गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । पृथ्वीनारायण क्याम्पसमा १६ वर्षपछि स्ववियु निर्वाचन हुन लागेको हो । २०६५ साल यता स्ववियूको निर्वाचन हुन सकेको थिएन ।
अध्यक्षका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएर चुनावमा होमिएका छन् । यहाँ ९ हजार २७० विद्यार्थी रहेका छन् ।
अनेरास्ववियुबाट विष्णु पोखरेल, नेविसंघबाट सुशील न्यौपाने, अखिल क्रान्तिकारीबाट नविन अधिकारी, अनेरास्ववियूसहितका संयुक्त प्यानलबाट सन्तोष पौडेल, अखिल छैटौंबाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङले उम्मेदवारी दिँदा विप्लवी न्यौपाने र कमल सुवेदीले स्वतन्त्र रुपमा चुनावी मैदानमा छन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

